आज धनुषा जिल्लाभर बिजोर नम्बरका सवारी साधन मात्र चल्ने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ २९ गते

आज धनुषा जिल्लाभर बिजोर नम्बरका सवारी साधन मात्र चल्ने छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुासार आजदेखि जोरबिजोर प्रणाली सुरु भएको हो ।

आज २९ गते परेकोले बिजोर नम्बर भएका गाडीहरु मात्र सँचालन गर्न पाउने भएको छ । मँगलबार ३० गते भने जोर नम्बर भएका गाडी मात्र सँचालन गर्न पाउने भएको छ भने अर्को सूचना नआउन्जेलसम्म सोही अनुसार बिजोर गतेमा बिजोर नम्बरको गाडी गाडी र जोर मितिमा जोर नम्बरको गाडी गाडी मात्र चलाउन पाउनेछ ।

जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतवारको निर्णय अनुसार किराना पसल, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *