अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २९ गते
गण्डकी प्रदेशमा आज बिहान १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

निर्देशनालयका अनुसार पोखरा ४ का नेपाल प्रहरीमा कार्यरत २३, २४, २९, ३७ र ४५ वर्षीय पुरुष, पोखरा ७ का जापानबाट आएका ४४ वर्षीय पुरुष, पोखरा ८ की महानगरमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मी महिला, पोखरा १४ का ६ वर्षीय बालक, २६ वर्षका पुरुष र ४६ वर्षीय भारतबाट आएका पुरुष तथा २५ , २८ र ३७ वर्षीया महिला, पोखरा १७ का नेपाल प्रहरीमा कार्यरत २४ र ३३ वर्षका पुरुष तथा भारतबाट आएका २७ वर्षीय पुरुष र पोखरा ३३ का भारतबाट आएका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी विदेशबाट आएर क्वारेन्टिनमा बसेका बागलुङ बडीगाड १ का २२ वर्षीय पुरुष र ५ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सबै संक्रमितलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ | यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।