भारतमा एकै दिनमा थपिए ९३ हजार २१५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २९ गते

भारतमा एकै दिनमा ९३ हजार २१५ जना कोरोना संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म संक्रमित संख्या ४८ लाख ४५ हजार तीन पुगेको छ । भारतमा हालसम्म ७९ हजार ७५४ जनाको मृत्यु भएको छ। वर्ल्डामिटरका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १४० जनाको मृत्यु भएको छ।

३७ लाख ७७ हजार ४४ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ८८ हजार दुई सय पाँच जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *