अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ६ गते
दसैंका लागि अग्रिम हवाई टिकट बुकिङ खुल्ने भएको छ।
आन्तरिक वायुसेवा कम्पनीले अन्य समयमा जस्तै दसैंमा पनि सस्तो टिकट बेच्नुपर्नेमा त्यसो नगरी सबैले कार्टेलिङ गरेर सबैजसो गन्तव्यमा एउटै दर कायम गरेका छन् । आन्तरिक वायुसेवाले घटस्थापनादेखि टीकाको भोलिपल्टसम्म काठमाडौंबाट बाहिरिने यात्रुका लागि सहुलियत भाडादर हटाएका छन् । सबै वायुसेवा कम्पनीले दसैंका लागि महँगो भाडादरमा मात्रै टिकट बेचिरहेका छन् ।
७ महिनापछि खुलेको पहिलो दिन सोमबार कुल ८५ प्रतिशत अकुपेन्सीमा जहाज उडेका छन् । यो संख्यालाई समेत कम्पनीहरुले भने उत्साहजनक मानेका छन् ।
‘लामो समय घरमै थुनिएर बसेका यात्रुले पहिलो दिनमै यो उत्साह देखाउनु सकारात्मक पक्ष हो,’ । मंगलवार भने सोमबारको तुलनामा केही कम यात्रु छन् । सोहीकारण अबको केही दिन कम्पनीहरुले रित्तो सिटमा जहाज उडाउनु भन्दा उडान मर्ज गरेर उडाउने रणनीति समेत लिएका छन् ।
तर, दशैं नजिकिँदै जाँदा यात्रुको चाप बढ्ने अपेक्षा छ । तर, यो पटक विगतमा जस्तो टिकट नै नपाउने गरी चाप नहुने कम्पनीहरुको अनुमान छ ।