नेपाली कांग्रेसले गरे आगामी असोज १९ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ६ गते

नेपाली कांग्रेसले आगामी असोज १९ गते सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुनेछ ।

पार्टीले केन्द्रीय बैठकअघि सबै पदाधिकारी, सदस्य आमन्त्रित सदस्य तथा कर्मचारीको पिसिआर परीक्षणको व्यवस्था मिलाएको छ ।

केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रुपमा असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *