डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जना काठमाडौंको बौद्धबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ६ गते

धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जना काठमाडौंको बौद्धबाट पक्राउ परेको छ ।

महानगरीय अपराध महाशाखा, बानेश्वरले २१ किलो ९ ग्राम रक्तचन्दनको दुई वटा मुढा बरामद गरेसँगै तस्करको यो शैली खुलेको हो ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय  कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

पक्राउ गरिएकाहरुको साथबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षकले बताए ।

पक्राउ परेका व्यक्तिका अनुसार बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *