अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ११ गते
पछिल्लो २४ घण्टा मा १० जनाको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएका छन्।
निधन हुनेमा १ महिला र ९ पुरुष गरि १० जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्। हाल सम्म नेपालमा कोरोना को कारण निधन हुनेको संख्या ४७७ पुगेको छ।
काठमाडौँकि ५० बर्सिय एक महिला, बाराका २० बर्सिय एक पुरुष, ललितपुरका ४२ र ७७ बर्सिय दुई जना, काठमाडौँका ६१ र ६२ गरि दुई जना पुरुष, रुपन्देही ७२ बर्सिय एक पुरुष, बर्दिया ६३ र ५० बर्सिय दुई पुरुष, अछाममा ३४ बर्सिय एक पुरुष गरि १० जनाको जनाको निधन भएको छ।