नेपालमा आज थप दस जनाको कोरोनाबाट मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १३ गते

नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

जसमध्ये ३ जना महिला र ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा आज जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *