अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १३ गते
काठमाडौं उपत्यकामा आज थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका संक्रमितहरू काठमाडौंका ७४७ जना, भक्तपुरका ७३ जना र ललितपुरका ११४ जना रहेका छन् ।