सम्झना कामीका हत्या आरोपी मंगलबार सार्वजनिक

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १४ गते

बझाङ प्रहरीले सम्झना कामीको हत्या आरोपीलाई मंगलबार सार्वजनिक गरेको छ। 

सम्झनाको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँ बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो। 

यही  असोज ७ गते  मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी  परेको छ ।

सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *