अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १६ गते
काठमाडौं उपत्यकामा आज एकै दिन आजसम्मकै धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय ३८ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका संक्रमितहरू काठमाडौंका १२ सय ८० जना, भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना रहेका छन् ।