आइपिएलमा हैदरावादको दोस्रो जित, चेन्नई सुपर किङ्स ७ रनले पराजित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १७ गते

इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा शुक्रबार चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा भएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई सात रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार हो ।

चेन्नेइका लागि रविन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि लक्ष्य भेट्न सकेन । ​

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन बनाए । फाप डु प्लेसिसले २२ रन बनाए भने साम करन १५ रनमा अविजित रहे । हैदरावादका टी नटराजनले दुई विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट हात पारे ।

योसँगै हैदरावादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *