अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २२ गते
काठमाडौं उपत्यकामा आज थप २५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५ सय ४० जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका संक्रमितहरू काठमाडौंका २ हजार ८५ जना, भक्तपुरका १३५ जना र ललितपुरका ३२० जना रहेका छन् ।