अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २२ गते।
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा मंसिर २३ गते गर्ने भएको छ । सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रम मंसिर २३ गते मंगलबार राखिएको छ ।
नापी विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।
सगरमाथाको उचाइ मापन कार्य आर्थिक वर्ष ०७५र०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाइ मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर मंसिर १० गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।
नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।