अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २२ गते।

अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् ।उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

उनले यसअघि वि।सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

त्यस यता उनी सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् । यससँगै उनले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिइरहेकी छिन् ।

आइतबार सामाजिक ‌सञ्जाल फेसबुकमा उनले आफ्नो बिवाहको बारेमा निकै लामो स्टाटस लेखेकी छिन् । कोरोना संक्रमण जोखिमका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बोलाउन नसकिएको उनले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *