अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २२ गते।
दार्चुलामा ट्रक दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृत्यु हुनेमा बैतडीको दोगेडाकेदार गाउँपालिका वडा नम्बर ५ न्वाली घर भएका चालक २४ वर्षीय शेर सिह कार्की र अन्य नाम नखुलेका दुई जना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीले जानकारी दिए ।
गयराती १० बजे ट्रक दुर्घटना भएको प्रहरीलाई खबर आउनासाथ धाप प्रहरी चौकी र दत्तु चौकीलाई दुर्घटना स्थलमा खटाइएको थियो । करीब ३ बजेसम्म प्रहरी टोलीले उनीहरुको उद्धार गरेर शवलाई जिल्ला अस्पताल पुगाएको सूचना अधिकारी ऐरीले बताए । ट्रक सडकबाट करिब १२० मिटर तल खसेको जनाइएको छ ।