अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २१ गते।
मंसिर २५ गतेबाट सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटाउन यातायात व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।
व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघसहित तीनवटै यातायात व्यवसायी मजदुर संगठनहरुले हालसम्म कायम रहँदै आएको जोरबिजोर प्रणाली अबिलम्ब खारेज गर्न सरकारसँग माग गरेका हुन् ।
बजार, उद्योग कलकारखाना सहित सार्वजनिक क्षेत्रहरु क्रमिक रुपमा खुल्दै गइरहेको अवस्थामा सर्वसाधारण नागरिकहरु समेत कोभिड–१९ को त्रासबाट बाहिर निस्किएर दैनिक जीवन यापन तथा काम काजमा लागिसकेको अवस्थामा जोरबिजोर प्रणालीको कुनै अर्थ नहुने व्यवसायिहरुको भनाईछ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिवले भने,‘यस्तो जोखिमपूर्ण जोरबिजोर प्रणाली अबिलम्ब खारेज गर्न र सहज र सुरक्षित सार्वजनिक यातायातको उपभोग गर्न पाउने सर्वसाधारणको अधिकार सुनिश्चित गर्न हामी यातायात व्यवसायीहरु सरकारसँग जोडदार माग गर्दछौं ।’