बलात्कारको आरोपमा कारागारमा रहेका सिद्धबाबा भनिने कृष्णदास रिहा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २२ गते।

बलात्कारको आरोप लागेको सिद्धबाबा उर्फ कृष्ण दास रिहा भएका छन् । सोमबार जिल्ला अदालत सुनसरीले उनलाई रिहा गरेका हुन् ।

सुनसरी जिल्लाको एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई सफाई दिएको हो ।

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको छ । सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै पेस गरेको पत्र अदालतमा दर्ता नै भएन, तर प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासमा उक्त मुद्धामा सिद्धबाबा पक्षका कानुन व्यवसायीले बहस गरे ।

एक अनुयायीमाथिको बलात्कार मुद्धामा सोमबारको पेसी तोकिएको थियो । तर केही दिनअघि बलात्कार मुद्धामा नै थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्धा पुग्दा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको र जिल्लामा फिर्ता नआएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *