अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २७ गते।
अबैध भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
शुक्रबार विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
एक लाख ९९ हजार रुपैयाँसहित भारतको पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई नेपाल प्रवेश गरेलगतै प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका साथबाट भारतीय रुपैयाँ ५०० को नोट ३ सय ९० वटा र दुई हजारको दुईवटा नोट फेला परेको थियो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई अनुसन्धान भइरहेका उक्त कार्यालयले जनाएको छ ।