बझाङमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २७ गते।

बझाङको तल्कोट गाँउपालिकाको किरकिटयामा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।शनिवार दिउँसो नागार्जुन कष्ट्रक्सनको बा ३ क ६०० नम्बरको ट्रिपर दुर्घटनामा परेको हो ।  ट्रिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि घाइते भएका मजदुर मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रिपर चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी घाईते भएका छन् । घाइते तिनै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *