कञ्चनपुरमा अज्ञात समूहको कुटपिटबाट २ जना घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १ गते।

अज्ञात समूहको कुटपिटबाट कञ्चनपुरमा २ जना घाइते भएका छन। 

गएराति जिल्लाको भीमदत्तनगरपालिका स्थित महेन्द्रनगर बजारमा अज्ञात समूहको कुटपिटबाट २ जना घाइते भएका हुन। 

घाइते हुनेमा भारतको विहार घर भएर मेहन्द्रनगरमा काठको काम गर्दै आएका लालबाबु शर्मा र बेल्डाँडी गाउँपालिका–१ का तीर्थ चौधरी रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गएराति कामबाट फर्किने बेला अज्ञात समूहले कुटपिट गरी नगद लुटेर लगेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको बताए।

पीडित पक्षलाई बोलाइएको बताउँदै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याइने प्रहरी नायब उपरीक्षक थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *