आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २ गते।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पूर्वी तथा पश्चिमी नेपालको तराई भू-भागमा हुस्सु-कुहिरो लागिरहेको छ।

दिउँसो : प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती :  देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

दिनहुँ तापक्रमको गिरावटका कारण चिसो बढ्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ। साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *