अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ३ गते।
काठमाडौं उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । बिहीबार तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठकले साउन २१ देखि लगाइएको जोरबिजोर प्रणाली अन्त्यको निर्णय गरेको हो ।
यातायातकर्मी, व्यवसायी र यात्रुहरुले पछिल्लो समय सार्वजनिक यातायातमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाउन माग गर्दै आएका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले आजबाट लागू हुनेगरी सवारीसाधनमा लागू भएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।
सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।