विवाहपञ्चमी महोत्सवको पाँचौदिन आज राम र जानकीको मटकोर मनाइँदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस ३ गते।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको पाँचौं दिन आज जनकपुरधाममा राम र जानकीको मटकोर गरिदैँछ ।

आज दिउँसो जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ । बाजागाजा सहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ ।

आज मटकोटर सकिएपछि भोली शनिबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर र विवाहको काज हुने छ ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

भोली विवाह र आइतबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *