अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ७७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएका छन् ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।