कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषध चरेशसहित २ जना पक्राउ

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस १३ गते।

कैलाली गोदावरी नगरपालिकाबाट प्रहरीले लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरिया बजारस्थित सुमन होटलबाट १ किलो ८ सय ५० ग्राम चरेशसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा सुमन होटलका सञ्चालक गोदावरी नगरपालिका– १० का २९ वर्षीय ओम बहादुर सिंह र बैतडीको पुर्चौडी नगरपालिका–७ का २५ वर्षीय महेश साउँद रहेका छन्। 

लागु औषध चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षकले बताए। 

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *