संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा नेपाली काग्रेसको ४ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन सम्पन्न

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,पुस १४ गते।

नेपाली काग्रेस पर्साले वर्तमान कम्युनिष्ट सरकारको प्रधानमन्त्री के.पी.शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन र देशमा सर्वसत्तावादी,दमनकारी विभेदकारी व्यवहार एवं कोभिड १९को नियन्त्रण र उपचारमा देखाएको उदासिनता एवं स्वास्थय सामग्री खरीद लगायतमा गरेको भ्रष्टाचारको विरुद्धमा नेपाली कांग्रेसको निर्देशानुसार  पर्सा जिल्लामा रहेको ४ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस,पर्साको निर्णयानुसार सोमवार पर्सा जिल्लाको संसदिय निर्वाचन क्षेत्र,क्षेत्र नं.२को  डोकैला बहुअरीमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति द्धारा “विशाल विरोध प्रदर्शन” कार्यक्रम क्षेत्रीय सभापति गम्भीरा साहको सभापतित्वमा तथा प्रमुख अतिथि नेपाली कांग्रेसको केन्द्रीय सदस्य अजय कुमार चौरसियाको प्रमुख आतिथ्यमा समपन्न भएको छ।

कार्यक्रममा  विशिष्ट आतिथ्य नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य , प्रदेश सभा सदस्य राजेश्वर साह, ओमप्रकाश सरार्फा ,बहुदरमाईका मेयर नितेन्द्र साह, पर्सागढीका मेयर लोकनारायण यादब , ,महासमिति सदस्य रामरुप कुर्मी ,पार्टी उपसभापति दिना गुप्ता , नेता ज्योतिष परुषोतम दुबे,  पार्टिका विभिन्न तहका बुद्धिजीवीहरुको सहभागिता थियो।

 त्यसतै नेपाली काग्रेस पर्सा जिल्ला क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति विजय सरार्फाको सभापतित्वमा वीरगंजको घन्टाघरमा विरोध प्रर्दशन गरेको थियो ।

यसैबीच नेपाली काँग्रेश पर्साले पनि केपि ओली नेतृत्वको सरकारको विरोध गर्दै वीरगञ्जमा पनि विशाल विरोध र्‍याली प्रदर्शन गरेको छ । सोहि क्रममा आज पर्सा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रलाईकेन्द्र विन्दुबानाई आ–आफ्नो क्षेत्रमा विशाल विरोध र्‍याली प्रदर्शन गरेको छ । क्षेत्र नं १ ले वीरगञ्ज, क्षेत्र नं २ ले डकैला बहुवरी, क्षेत्र नं ३ ले पोखरीया त्यसै गरी क्षेत्र नं ४ ले लंगडीमा विशाल विरोध र्‍याली प्रदर्शन गरेको पर्सा जिल्ला सचिव श्याम पटेलले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *