ऊर्जा जलस्रोत मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनय मोहन क्वात्रा बीच भेटवार्ता

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १४ गते।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा बीच सोमबार भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् ।

भेटका क्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले नवनियुक्त मन्त्री रायमाझीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार रायमाझीलाई मन्त्री नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *