‘विप्लव’ समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १४ गते।

प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ ।

सोमबार प्रहरीले सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।

प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच- छ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो ।

त्यस्तै टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *