अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,पुस १४ गते।
हात्ती आक्रमणबाट सुनसरीमा एकजनाको मृत्यु गएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीको आक्रमणबाट कोशी गाउँपालीका ५ बस्ने मोती यादवको मृत्यु भएको स्थानीयले जानकारी गराएका छन् ।
आरक्षका कर्मचारी र स्थानीय प्रहरी घटनास्थलमा पुगेका छन् ।
हात्तीले बारम्बार मानवीय क्षति पुर्याए पनि सरकारले यस वारेमा गम्भिर नभएको भन्दै स्थानीयले अहिले इनरुवा भण्टावारी सडक खण्डको नहर चौकमा यातायात अवरुद्ध गरेका छन् ।