राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्यालीमा अवरोध

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १४ गते।

सप्तरीको सदरमुकाम राजविराजमा राजासहित हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि माग गर्न लागिएको र्याली प्रदर्शन गर्दै कार्यक्रम विथोलिनुका साथै ब्यानरमम समेत आगजनी गरिएको छ ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् ।

र्‍याली सामग्री खोस्दै र्‍यालीमा सहभागी हुन आएकालाई उनीहरुले भगाएका छन् । अहिले शिव मन्दिर प्राङ्गण खाली भएका छन् ।

सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा राजा र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राख्दै र्‍याली निकाल्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।

सदरमुकाम राजविराजमा राजा आउ देश बचाउ भन्ने नाराका साथ जुलुस समेत प्रदर्शन गरिरहेका छन भने अर्कोतिर ठाउँ ठाउँमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

उनले आफूहरुको कार्यक्रममा अवरोध गरे पनि कार्यक्रम गरिछाड्ने र्‍याली संयोजकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *