लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फारम आजबाट खुला

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १४ गते।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम आजबाट खुला हुने भएको छ ।

विभागले सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुला गरिएको जनाएको हाे ।

विभागको सूचना अनुसार यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गर्नुपर्छ ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आजदेखि सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको यातायात विभागका निर्देशक डा.लोकनाथ भुसालले जानकारी दिनुभयो । लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएका परीक्षार्थीको चाँडै ट्रायल परीक्षा लिने विभागले जनाएको छ ।

हाल मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०/५० गरी कुल २ सयले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै, लिखित परिक्षा पास गरेका परिक्षार्थीले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *