अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १६ गते।
टिपरको ठक्करबाट काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् ।
उनीहरूलाई नागढुङ्गाबाट बालुवा बोकेर कलंकीतर्फ आउँदै गरेको बा ४ ख २५७७ नम्बरको टिपरले बुधबार राति साढे ९ बजे ठक्कर दिएको हो।
‘बाटो काट्दै थिए, टिपरले ठक्कर दियो,’ डिएसपी श्रेष्ठले भने, ‘मृतकहरू कहाँ गएर आएका थिए भन्ने खुलिसकेको छैन। ‘
मृतकहरूको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ। प्रहरीले पक्राउ परेका चालकमाथि थप अनुसन्धान अघि बढाएको छ।