झापामा मेयरको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १६ गते।

झापाको कनकाई नगरपालिकामा मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको हो ।

मेयरका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो ।

गणेशप्रसाद पोखरेलको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा आज कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *