यमनको एउटा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस १६ गते।

यमनको दक्षिणी शहर अदन स्थित विमानस्थलमा भएको विष्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। 

५० जनाभन्दा धेरै घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान अवतरण भएलगत्तै त्यहाँ विष्फोट भएको थियो।

विष्फोटमा मारिएकाहरूमा अधिकांश सहायक कर्मचारी र अधिकारी रहेका छन्। 

यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताउनुभएको छ ।

यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप-सचिव मारिएका र दुई जना उप-मन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूल विस्फोट गराएको आरोप लगाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *