अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १६ गते।
पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२ की ५८ वर्षीया महिलाको फिस्टेल अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ७:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उहाँमा अन्य दीर्घरोग समेत रहेको बताइएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या एक सय ९२ पुगेको छ ।