कैलालीमा ट्याक्टर र कार एक आपसमा ठोक्किँदा दुर्घटना

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस १६ गते।

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडको चोकमा ट्याक्टर र कार एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।

 कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ सुक्खड मा पूर्वबाट आइरहेको बा१४च ४७९७ नम्बरको कार र पश्चिमबाट पूर्व जाँदै गरेको से२त ९५१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

ट्याक्टर र कार एक आपसमा ठोकिए पनि मानवीय क्षेती नभएको इलाका प्रहरी कार्यालय सुखडका नायब उपरीक्षक सागर बोहराले बताए । ट्याक्टर र जिपको अगाडिको भाग फुटेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । कार र ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

तर उक्त दुर्घटनामा कुनै पनि मानविय क्षति नभएको इलाका प्रहरी कार्यालय सुक्खडले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *