आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १७ गते।

आजदेखि नयाँ वर्ष अर्थात इस्वी सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *