अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १७ गते।
यस वर्षको मिस युनिभर्स नेपालको ताज अन्सिका शर्माले पहिरिएकी हुन् ।
प्रतियोगितामा सुजिता बस्नेत पहिलो रनरअप बनिन्। दोस्रो रनरअप निनाकान्त मण्डल बनिन् भने तेस्रो रनरअप दीप्ता थापा बनिन्।
राजधानीको म्यारिअट होटलमा बुधबार साँझ भएको प्रतियोगितामा अष्ट्रेलियामा ६ वर्षसम्म अध्ययन गरेर फर्किएकी अन्सिका शर्माले मिस युनिभर्स नेपालको ताज पहिरिएकी हुन्।
मिस युनिभर्स नेपाल २०२० को बिजेता भएसँगै अन्सिकाले उपहारस्वरुप नगद रु २० लाख प्राप्त गरेकी छन् ।
यससँगै मिस युनिभर्सको ७० औं संस्करणमा नेपालका तर्फबाट अन्सिका शर्माले आधिकारीक सहभागिता जनाउने छिन् ।