अनलाईन न्युजपाटी,सुर्खेत,समाचारदाता, पौष १६ गते।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा बम फेला परेको छ। चोकमा रहेको एनसेल टावरको तल बम राखिएको पाइएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार बममा तार जोडिएको छ। बम निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगिसकेको छ ।