बलिउडका चर्चित भजन गायक अजय पाठकसहित उनको पूरै परिवारको निर्मम हत्या

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, पौष १६ गते।

विश्वभर नयाँ वर्षको रौनक छाइरहेका बेला बलिउडमा भने निकै दुखद घटना सार्वजनिक भएको छ। बलिउडका चर्चित भजन गायक अजय पाठकसहित उनको पूरै परिवारको निर्मम तरिकाले हत्या गरिएको छ।  भारतको उत्तर प्रदेशस्थित शामली भन्ने स्थानमा गायकसहित उनका पूरै परिवारको हरियार प्रहार गरी हत्या गरिएको भारतीय मिडियाले जनाएको छ। जनपद शामलीमा सामूहिक हत्या भएपछि सनसनी फैलिएको छ। अन्तर्राष्ट्रिय भजन गायक भनेर चिनिने अजय पाठकसहित परिवारका तीन सदस्याको धारिलो हतियार प्रहार गरी हत्या भएको हो। वेपत्ता रहेका उनका १० वर्षीय छोराको पनि बुधबार शव फेला परेको छ।  गायक पाठकसहित उनकी ३६ वर्षीया पत्नी स्नेहा पाठक, १२ वर्षीया छोरी बसुन्धरा पाठकको धारिलो हरियार प्रहार गरी हत्या गरिएको समाचारमा जनाइएको छ। जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोली घटनाका बारेमा अनुसन्धान गरिरहेको छ।  घटना उत्तरप्रदेशस्थित आदर्श मण्डी क्षेत्रको पंजाबी क्लोनीमा घटेको हो।  भजन किर्तन गाउने अजय पाठक परिवारका साथ बस्दै आएका थिए। मंगलबार रातिदेखि नै अजय पाठकको घर बन्द रहेको थियो। नयाँ वर्षको पूर्व सन्ध्यामा प्रहरीलाई घर बन्द रहेको सुचना प्राप्त भएको थियो।  सुचना पाउनासाथ उनको घर पुगेको प्रहरीले तीन जनाको रक्ताम्मे शव फेला पारेको थियो भने उनका १० वर्षीय छोरा वेपत्ता भएका थिए। वेपत्ता छोराको पनि बुधबार प्रहरीले शव बरामद गरेको समाचारमा उल्लेख गरिएको छ। हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *