अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष १७ गते।
लागुऔषध गाँजा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकोछ । पटुकामा लुकाइछिपाई नेपालबाट भारत तर्फ हिडेका एक व्यक्तिलाई प्रहरीलाई नियन्त्रणमा लिएको हो । समातिनेमा भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी जयसिनपुर वडा नं. १२ बिशुनपुर्वाका ५० वर्षीय राजेश महतो रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रजतजयन्ती चौकमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको साथबाट करीब ५ किलो गाँजा बरामद गरिएको छ । समातिएका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।