अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष १८ गते।
सेतो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। ललितपुरको सानेपाबाट सेतो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोनामा घले र मिन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ।शंका लागि चेकजाँच गर्दा सोनामको साथबाट १.५ ग्राम मिनहादुरको साथबाट २५.५ ग्राम लागु पदार्थ फेला परेको थियो।मिनबहादुरको डेराकोठा बूढानीलकण्ठ नगरपालिका–४ पासीकोटमा खानतलासी गर्दा थप ७० ग्राम लागु औषध सेतो हिरोईन फेला परेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।