रौतहटमा टिपरको ठक्करले एक जना साईकल यात्रीको मृत्यु

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, पौष १७ गते।

रौतहटमा टिपरको ठक्करले एक जना साईकल यात्रीको मृत्यु भएको छ । टिपरको आतंकले मृत्यु भएको भन्दै आफन्त तथा स्थानियले बिरोध जनाएका छन ।चन्द्रपुर नगरपालिका वडा ८ सन्तपुर स्थित सुबल बहुमुखि क्यापस अगाडी ना ७ ख ४७४३ नम्बरको टिपरले ठक्कर दिदा रौतहट बृन्दावन नगरपालिका वडा नं १ बलरी गाउका ३३ वर्षिय बिगल पटेल भन्ने राज कुमार पटेलको मृत्यु भएको हो ।ठक्कर लागेपछि उपचारका लागी चन्द्रपुर हस्पिटल प्रालिमा ल्याउने क्रममा मृत्यु भएको हो । मृतक पटेल विद्युत महसुल तिर्न चन्द्रनिगाहपुर आएका थिए । ठक्कर दिने टिपर र चालकलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पक्राउ गरिएको छ भने मृतक पटेलको शव परिक्षणका लागी चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *