कञ्चनपुरमा अज्ञात समूह द्धारा सामुदायिक वनको भवनमा आगजनी

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदादाता,फागुन २ गते।

कञ्चनपुरमा अज्ञात समूहले सामुदायिक वनको भवनमा आगजनी गरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरको श्री कृष्ण सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा शुक्रबार बिहान अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट हलमा रहेका कुर्सी र टेबुल जलेका छन्।आगजनी गरेको आशकांमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। तर उनीहरु नाम भने सार्वजनिक गरिएको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *