कोहलपुरमा रोकि राखेको माइक्रोबसमा स्कुटर ठोक्किदा दुईजना गम्भीर घाइते

अनलाईन न्युजपाटी,बाके,समाचारदादाता,फागुन ५ गते।

बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ पार्वतीपुरमा रोकि राखेको माइक्रोबसमा स्कुटर ठोक्किदा दुईजना सख्त घाइते भएका छन् । ना ७ ख ६०१९ नम्बरको माइक्रोबसमा भे ४ प २९२५ नम्बरको स्कुटर ठोक्किएको थियो ।स्कुटर ठोक्किदा स्कुटर चालक बर्दिया जिल्ला बढैयाताल गाउँ पालिका वडा नं ६ बस्ने २७ वर्षका फौजा मगर र स्कुटरमा पछाडि सवार बाँकेको खजुरा गाउँपालिका वडा नं ९ एफ गाउँ निवासी २१ वर्षका करण सिंह ठकुरी घाइते भएका छन् ।घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । घाइतेको एकजनाको टाउकोमा गम्भीर चोट लागेकाले भर्ना गर्नु पर्ने न्युरो सर्जन डा. जोशन न्यौपानेले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *