आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ५ गते।

राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा अखिल र नेविसंघबीच झडप भएको छ। सामान्य विवादमा भनाभन हुँदा दुवै पक्षका विद्यार्थी आक्रमणमा उत्रिएका थिए।विवाद बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरेर केही विद्यार्थी नियन्त्रणमा लिएको छ। अहिले आरआर क्याम्पस आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेविसंघ नेता अशोकसिंह बिष्टले आफूहरुले आरआरमा राजनीतिक गर्न खोज्यो भनेर अखिलले आक्रमण गरेको आरोप लगाए।प्रहरीले नेविसंघका पुष्कर बाँस्तोला र रामजी बस्नेतसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *