सप्तरीमा जारी भव्य ईस्लामिक सम्मेलनको क्रममा दुई भारतीय नागरिकको मृत्यू

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदादाता,फागुन ५ गते।

सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।शनिवारदेखि सुरु भएको सम्मेलनमा सहभागी हुन आएका विहार मोतिहारी ग्रामका ७४ वर्षीय हारुन रसिक र अर्को विरपुरका एक जना गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले हृदयघाटका कारण शनिवार दुवै जनाको मृत्यु भएको बताएका छन ।सोमवारसम्म चल्ने सम्मेलनमा नेपाल भारतका झण्डै ३ लाख मुस्लिम समूदायको सहभागीता रहेको छ । आइतवार पनि सहभागीहरु आउने क्रम जारी रहेको आयोजक समितिका अध्यक्ष मो.गफुरले जानकारी दिएका छन । सम्मेलनमा भारतको नयाँ दिल्लीका विश्व साद साहाब जमातका अध्यक्ष धर्मगुरु मौलाना साद साहाब, नेपाली जमातका अध्यक्ष मो.निसारुद्दिन लगायतका धर्मगुरुहरुबाट प्रवचन वाचन गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *