बुटवलमा मंगलबार सवारी दुर्घटनामा दुई साइकल यात्रीसहित ६ जना घाइते

अनलाईन न्युजपाटी,बुटवल,समाचारदादाता,फागुन ६ गते।

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा मंगलबार सवारी दुर्घटनामा दुई साइकल यात्रीसहित ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलबाट सालझण्डीतर्फ आइरहेको लु१ज २९४३ नम्बरको विङ्गर र विपरित दिशाबाट आइरहेको बिएए २५६८ नम्बरको कार ठोक्किएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोकर्ण चौहानले जानकारी दिएका छन् । दुई सवारी साधन आपसमा ठोक्किएपछि साईलकमा समेत  ठक्कर दिएको हो । प्रहरीका अनुसार विङ्गरमा सवारमध्ये ४ जना घाइते छन् भने साइकलमा सवार २ जना पनि घाइते भएका छन् । घाइते ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *