गुन्डा नाइके सत्यमान लामा पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ६ गते।

गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन्।  महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो। उनलाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन्।  उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंले २०७५ असारमा पनि लामालाई पक्राउ गरेको थियो। त्यतिखेर प्रतिनिधिसभा सदस्य नवीना लामाले  पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएकी थिइन्।  त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको मुद्दामा पक्राउ गरेको थियो।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *